close

रूपन्देहीमा २६ प्रतिशतले लगाए पूर्ण मात्राको खोप

रूपन्देहीमा २६ प्रतिशतले लगाए पूर्ण मात्राको खोप

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी प्रदेशमा कोरोनाविरुद्धको ३३ लाख ८७ हजार १ सय २८ मध्ये २६ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको तथ्यांक सार्वजनिक भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार प्रदेशमा ३२ प्रतिशतले पहिलो मात्राको खोप लगाएका हुन् । 


रूपन्देहीको कुल जनसंख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको पाइएको छ । मन्त्रालयका अनुसार जिल्लामा ७ लाख १३ हजार १६८ अपेक्षित जनसंख्या छ । 

 

कुन जिल्लामा कतिले लगाए खोप

 

प्रदेशको पूर्वी रुकुममा ३८ हजार ७१३ अपेक्षित जनसंख्यामध्ये २० प्रतिशतले पूर्ण मात्रा र ५९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।


रोल्पामा १ लाख ५७ हजार ३६९ अपेक्षित जनसंख्यामध्ये २४ प्रतिशतले पूर्ण मात्रा र ३४ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् ।


प्यूठानमा १ लाख ६० हजार ४१८ अपेक्षित जनसंख्यामध्ये २७ प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् । 


गुल्मीमा १ लाख ६७ हजार ६२७ अपेक्षित जनसंख्यामध्ये ३४ प्रतिशतले पूर्ण मात्रा र ३७ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् । 


अर्घाखाँचीमा १ लाख ३३ हजार ६५५ अपेक्षित जनसंख्यामध्ये २९ प्रतिशतले पूर्ण मात्रा र ३६ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् ।

 

पाल्पामा १ लाख ६२ हजार ९४९ अपेक्षित जनसंख्यामध्ये ३२ प्रतिशतले पूर्ण मात्रा र ४२ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् ।


पूर्वी नवलपरासीमा २ लाख ४९ हजार ५३४ अपेक्षित जनसंख्यामध्ये २७ प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् ।

 

कपिलवस्तुमा ४ लाख ४५ हजार ९ सय अपेक्षित जनसंख्यामध्ये २४ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

 

दाङमा ४ लाख ३२ हजार ५७३ अपेक्षित जनसंख्यामध्ये २४ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् । 


बाँकेमा ४ लाख ६ हजार १६५ अपेक्षित जनसंख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा र २९ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् । 


बर्दियामा ३ लाख १९ हजार ५६ अपेक्षित जनसंख्यामध्ये २५ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् ।
यो तथ्यांक लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको हो ।