close

खोप माग्दै एचआईभी संक्रमितले बुझाए प्रदेश मन्त्रालयमा ज्ञापन

खोप माग्दै एचआईभी संक्रमितले बुझाए प्रदेश मन्त्रालयमा ज्ञापन

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीका एचआईभी÷एड्स संक्रमितले कोरोनाविरुद्धको खोप लगाउन माग गर्दै प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।


जिल्लामा १ हजार ५ सय एचआईभी संक्रमित रहेकामा ५ सय जनाले लगाइसकेका र बाँकीलाई पनि खोप दिनुपर्ने माग गर्दै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रदेश स्वास्थ्य मन्त्रालय सचिव डा. विकास देवकोटाले एचआईभी संक्रमितलाई तत्काल खोप लगाउने व्यवस्था मिलाइने बताए ।


सचिव डा. देवकोटाले संक्रमितलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउने व्यवस्था मिलाउन जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीलाई निर्देशन दिइएको जानकारी दिए । 


जिल्ला प्रशासन कार्यालय रूपन्देही प्रमुख ऋषिराम तिवारी र स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्रकुमार गिरीलाई समेत ज्ञापनपत्र बुझाइएको एएचएफ नेपाल लुम्बिनी प्रादेशिक अस्पतालका कार्यक्रम संयोजक धर्मराज भट्टराईले बताए । भट्टराईले भने, ‘मुख्यमन्त्रीको निर्देशनमा मन्त्रालय प्रशासन र स्वास्थ्य कार्यालयमा ज्ञापनपत्र बुझाएपछि तत्काल खोपको व्यवस्था मिलाउने तयारी भइरहेको छ ।’

 

ज्ञापनपत्र बुझाउन एचआईभी÷एड्स महासंघका अर्जुन ज्ञवाली, लुम्बिनी प्रादेशिक अस्पतालका एचआईभी विभाग प्रमुख अच्युतराज भट्टराई, आशाज्योति सहयोग समूह, आस्था समूह, साकार समूह, एमएसएमजीलगायत संंस्थाको सहभागिता थियो ।