close

गरिब देशले मागअनुसारको खोप पाएनन् 

विश्व स्वास्थ्य संगठनले भन्यो : कोरोना महामारी सन् २०२२ सम्मै रहन्छ 

गरिब देशले मागअनुसारको खोप पाएनन् 

विश्व स्वास्थ्य संगठनले भन्यो : कोरोना महामारी सन् २०२२ सम्मै रहन्छ 

Trulli
ADVERTISEMENT

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरिब देशले आवश्यकताअनुसार खोप नपाउँदा कोरोना महामारी पूर्वानुमान गरिएभन्दा थप एक वर्ष बढी लम्बिने बताएको छ । डब्लुएचओका नेता डा. ब्रुस अयलवार्डले कोभिड संकट २०२२ सम्म लम्बिने सक्ने बताएका हुन् ।


अन्य देशमा औसत रूपमा ४० प्रतिशत जनताले खोप लगाइसकेको अवस्थामा अफ्रिकाको ५ प्रतिशत जनताले मात्र कोभिड–१९ विरुद्धको खोप प्राप्त गरेका छन् । डा. अयलवार्डले धनी देशहरूलाई खोपको लाइनबाट हटेर औषधी निर्माता कम्पनीलाई गरिब देशहरूलाई पनि खोप उपलब्ध गराउने बाटो खोल्न आग्रह गरेका छन् । धनी देशहरूलाई आफूले प्रतिबद्धता गरेअनुसार खोप उपलब्ध गराउन पनि उनको माग छ । ‘हामी सही बाटोमा छैनौँ,’ उनले भने, ‘खोप कार्यक्रमलाई तीव्र रूपमा अघि बढाउनुपर्छ नत्र यो महामारी आवश्यकभन्दा एक वर्ष बढी लम्बिन सक्छ ।’ 


पिपल भ्याक्सिनले जारी गरेको नयाँ तथ्यांकअनुसार हालसम्म खोप निर्माता कम्पनी र धनी देशले कवुल गरेका ७ मध्ये १ डोज खोप मात्र गरिब देशमा पुगेको छ । धेरै खोप धनी देशहरू पाएका छन् भने अफ्रिकामा विश्वभर दिइएको खोपको २.६ प्रतिशत खोप मात्र लगाइएको छ । (एजेन्सीको सहयोगमा)