close

महानगरका पाँच वटा वडा कोरोनामुक्त 

महानगरका पाँच वटा वडा कोरोनामुक्त 

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरमा कोरोना संक्रमित १ हजार ७२ जना रहेका छन् । त्यस्तै, भक्तपुरमा ५६१ र ललितपुरमा ६१४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५ सयभन्दा बढी संक्रमित रहनेमा काठमाडौं, भक्तपुर, ललितपुर र कास्की रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।


२ सयभन्दा बढी संक्रमित रहनेमा सुनसरी, मोरङ, झापा, धनुषा, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, नवलपरासी पूर्व, बाग्लुङ, स्याङ्जा, रुपन्देही, दाङ, बाँके र कैलाली छन् । मुस्ताङ र मुगुमा सक्रिय संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।


संघीय राजधानी रहेको काठमाडौं महानगरका पाँच वटा वडा शून्य सक्रिय संक्रमित भएका छन् । काठमाडौं महानगरले शुक्रबार साँझ सार्वजनिक गरेको वडागत विवरणमा वडा १९, २१, २२, २३, २४ मा शून्य सक्रिय संक्रमित रहेका हुन् ।


यस्तै, वडा नम्बर १ मा १६ जना, वडा नम्बर २ मा ३५ जना, वडा नम्बर ३ मा २६ जना, वडा नम्बर ४ मा ५४ जना, वडा नम्बर ५ मा ९ जना, वडा नम्बर ६ मा १७ जना, वडा नम्बर ७ मा २९ जना, वडा नम्बर ८ मा दुई जना, वडा नम्बर ९ मा २३२ जना र वडा नम्बर १० मा १०२ जना सक्रिय संक्रमित रहेको महानगरले जनाएको छ ।


वडा नम्बर ११ मा १०२, वडा नम्बर १२ मा ६, वडा नम्बर १३ मा ९३, वडा नम्बर १४ मा ६, वडा नम्बर १५ मा २५, वडा नम्बर १६ मा ४०, वडा नम्बर १७ मा ९, वडा नम्बर १८ मा १, वडा नम्बर १९ मा शून्य र वडा नम्बर २० मा ३ जना सक्रिय संक्रमित रहेको महानगरले बताएको छ ।


वडा नम्बर २५ मा २, वडा नम्बर २६ मा २३, वडा नम्बर २७ मा ४, वडा नम्बर २८ मा ६, वडा नम्बर २९ मा ३८, वडा नम्बर ३० मा २, वडा नम्बर ३१ मा ३९ र वडा नम्बर ३२ मा १५१ जना सक्रिय संक्रमित रहेका छन् ।