close

नानीबाबुलाई खुवाइँदै भिटामिन ए र जुकाको औषधी

नानीबाबुलाई खुवाइँदै भिटामिन ए र जुकाको औषधी

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले आइतबार र सोमबार गरी दुई दिन बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी निःशुल्क खुवाउँदै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधी खुवाउन लागिएको हो ।


स्वास्थ्य मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्र वा वडा कार्यालयमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन अभिभावकलाई आग्रह गरेको छ । आइतबार खान छुटेकालाई सोमबार खुवाउन सकिने मन्त्रालयले बताएको छ ।


सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै आएको छ । यसअघि ३ र ४ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरिएकामा यो दसैँ परेकाले ७ र ८ कात्तिकमा खुवाउन लागिएको हो ।


यसअघि पहिलो चरणमा ६ र ७ वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको थियो । ६ देखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० देखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

जुकाको औषधी २०५६ देखि खुवाउन थालिएको हो ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।