close

शीतगंगाको खरयबट्टी गाउँमा फैलियो झाडापखाला

शीतगंगाको खरयबट्टी गाउँमा फैलियो झाडापखाला

Trulli
ADVERTISEMENT

रूपन्देही–अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर ११ खरयबट्टी गाउँमा झाडापखाला प्रकोप फैलिँदा ५३ जना बिरामी परेका छन् । खयरबट्टीका स्थानीयमा झाडापखाला लाग्ने, बान्ता हुने समस्या देखिएपछि शीतगंगा नगरपालिकाको स्वास्थ्य टोलीसमेत प्रभावित क्षेत्रमा पुगेको थियो ।

 

हालसम्म ५३ जना बिरामी परेको र गम्भीर बिरामी ५ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरेर उपचार भइरहेको शीतगंगाको स्वास्थ्य शाखा सह–संयोजक दामोदर ढकालले बताए ।


प्राथमिक स्वास्थ केन्द्र ठाडाका चिकित्सक अजय चौधरीलगायत स्वास्थ्यकर्मीको टोलीले प्रभावित क्षेत्र पुगेर उपचार गरेको छ । दूषित पानीका कारण झाडापखला फैलिएको हुन सक्ने चिकित्सक चौधरीको अनुमान छ । 


समस्या देखिएका बिरामीलाई खानपानमा सचेत रहन र औषधी प्रयोग गर्न चौधरीले सुझाए । केही दिनदेखि झाडापखालाको संकेत देखिएपछि गाउँमा बिरामी बढ्दै गएको वडा नम्बर ११ का वडाध्यक्ष कपिल आलेले बताए ।