close

भीम अस्पतालमा स्थापना भो अक्सिजन प्लान्ट 

भीम अस्पतालमा स्थापना भो अक्सिजन प्लान्ट 

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । २ करोड ६० लाख रुपैयाँ लगानीमा स्थापना भएको प्लान्टको बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले उद्घाटन गरे ।


कार्यक्रममा मन्त्री थारुले कोरोना महामारीमा आवश्यक अक्सिजन उत्पादन हुन नसक्दा नागरिक स्तरबाटै प्लान्ट स्थापना गरिने घोषणा भएको बताए । स्थानीय तहबाट नागरिकको दबाबमा आवश्यकताअनुसार आफैं प्लान्ट स्थापना गर्ने घोषणा गरिएको र केही स्थानमा निर्माण पनि भइसकेको उनको भनाइ छ ।


मन्त्री थारुले अहिले पनि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सम्भावना रहेकाले यसका निम्ति हरेक अस्पताल, स्वास्थ्य चौकी निर्माणमा प्रदेश सरकार पूर्वतयारीमा लागेको जानकारी दिए ।

 

‘सम्भावित तेस्रो लहरसँग जुध्न अक्सिजन प्लान्ट महत्त्वपूर्ण बन्नेछ । यसलाई सफलतापूर्वक सञ्चालन गर्नुपर्छ,’ उनले भने । प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले अक्सिजन प्लान्ट स्थापना हुनु यस क्षेत्रका नागरिकका लागि खुसीको कुरा भएको बताइन् । 


भीम अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले रूपन्देहीको नमुना अस्पतालको रूपमा अघि बढाउने उद्देश्यसहित काम भइरहेको जानकारी दिए ।

 

अस्पतालमा १७ करोड रुपैयाँ लगानीमा अत्याधुनिक प्रसूति गृह, बिरामी कुरुवाका लागि ५० सिटको प्रतीक्षालयसहित विभिन्न कार्यक्रम सञ्चालन गरी अस्पतालको स्तरोन्नति हुन लागेको उनले बताए ।


पिडी इञ्जिनियरिङ प्रालि काठमाडौंका प्रबन्ध निर्देशक धर्म पौडेलले टर्कीमा बनेको कम्पनीको अक्सिजन प्लान्ट अस्पतालमा स्थापना गरिएको जानकारी दिए ।
प्लान्टको क्षमता प्रतिदिन २ सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने रहेको छ ।

 

अस्पतालका मेसु डा. शकुन्तला गुप्ताले अक्सिजन उत्पादन भएपछि सर्वसाधारणको उपचार सहज हुने विश्वास व्यक्त गरिन् । शव नेपाल ल्याउन समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।