close

प्रदेश २ का स्वास्थ्य संस्थाको समीक्षा : उत्कृष्ट कार्य सम्पादन गरेका स्वास्थ्य संस्था पुरस्कृत 

प्रदेश २ का स्वास्थ्य संस्थाको समीक्षा : उत्कृष्ट कार्य सम्पादन गरेका स्वास्थ्य संस्था पुरस्कृत 

Trulli
ADVERTISEMENT

जनकपुरधाम– प्रदेश २ स्वास्थ्य निर्देशनालयद्वारा आर्थिक वर्ष २०७७/७८ मा सम्पादित स्वास्थ्य कार्यक्रमको समीक्षा गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य क्षेत्रमा उत्कृष्ट गरेका स्वास्थ्य संस्थालाई सम्मान गर्दै तीन दिने गोष्ठी सम्पन्न भएको हो ।


निर्देशनालयले प्रदेश २ का अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तहको कार्यमूल्यांकन गरी अस्पतालमा जिल्ला अस्पताल सिराहा उत्कृष्ट भयो । स्वास्थ्य कार्यालयमा जिल्ला स्वास्थ्य कार्यालय सप्तरी उत्कृष्ट भयो ।


त्यसैगरी स्थानीय तहमा हनुमाननगर कंकालिनी नगरपालिका सप्तरी र चक्रधाटा गाउँपालिका सर्लाही उत्कृष्ट भएका छन् । उत्कृष्ट संस्थाका प्रतिनिधिलाई सामाजिक विकासमन्त्री नवलकिशोर साहले पुरस्कारसहित सम्मान गरे ।