close

कुन प्रदेशमा कतिले लगाए कोरोनाविरुद्धको खोप 

कुन प्रदेशमा कतिले लगाए कोरोनाविरुद्धको खोप 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालमा अहिलेसम्म कोरोना विरुद्धको एक करोड ६९ लाख मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० महिनाको अवधिमा एक करोड ६८ लाख ८३ हजार १६० मात्रा खोप लगाएको हो । सरकारले गत वर्ष माघ १४ गतेबाट खोप अभियान सुरु गरेको थियो ।

 

नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन, जापानी कोभिड–१९ एस्ट्राजेनेका र स्वीडिस एस्ट्राजेनेका खोप लगाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३० दशमलव १ प्रतिशत अर्थात् ९१ लाख ९ हजार ६ सय ६६ जनाले एक मात्रा र २५ दशमलभ ९ प्रतिशत अर्थात् ७८ लाख ७६ हजार ७ सय ३ जनाले पूर्णमात्रा खोप लगाएका छन् ।

 

त्यस्तै ४६ प्रतिशत लक्षित समूहले पहिलो मात्रा लगाएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३९ प्रतिशत लक्षित समूहले दोस्रो मात्रा खोप पाएका छन् । पहिलो मात्रामा कोभिड–१९ एस्ट्राजेनेका र फाइजर खोप ३० लाख ३३ हजार ४७० जनाले लगाएका छन् । त्यस्तै १५ लाख ४० हजार ६९ जनाले जोन्सन खोप लगाएका छन्।

 

दोस्रो डोजमा १७ लाख ९३ हजार ३८ जनाले कोभिड १९ एस्ट्राजेनेका र ४४ लाख ६८ हजार ३९९ जनाले भेरोसेल र फाइजर लगाएका छन् । त्यस्तै १५ लाख ४० हजार ६९ जनाले जोन्सन लगाएका छन्।

 

कुन प्रदेशमा कतिले लगाए खोप 

 

परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार प्रदेश १ मा ३९ प्रतिशतले पहिलो मात्र खोप लगाएका छन्। २४ प्रतिशत जनसङ्ख्याले दोस्रो खोप लगाएका छन् भने ६ प्रतिशतले जोन्सन खोप लगाएका छन्।

 

प्रदेश २ मा ३३ प्रतिशत जनसङ्ख्याले पहिलो मात्रा, १७ प्रतिशत दोस्रो मात्रा र ९ प्रतिशतले जोन्सन खोप लगाएका छन्। बागमती प्रदेशमा ६९ प्रतिशत पहिलो मात्रा खोप लगाएका छन् । ५७ प्रतिशतले दोस्रो मात्रा र ९ प्रतिशतले जोन्सन खोप लगाएका छन्। गण्डकी प्रदेशमा ६१ प्रतिशतले पहिलो मात्रा, ३७ प्रतिशतले दोस्रो र ८ जनाले जोन्सन खोप लगाएका छन् ।

 

लुम्बिनी प्रदेशमा ३८ प्रतिशतले पहिलो मात्रा २७ प्रतिशतले दोस्रो र ८ प्रतिशतले जोन्सन खोप लगाएको तथ्याङ्क रहेको छ । कर्णाली प्रदेशमा ३३ प्रतिशत पहिलो, २२ प्रतिशत दोस्रो र ६ प्रतिशतले जोन्सन खोप लगाएका छन्। सुदूरपश्चिम प्रदेशमा ४० प्रतिशतले पहिलो मात्रा, २९ प्रतिशत जनसङ्ख्याले दोस्रो र ७ प्रतिशत जोन्सन खोप लगाएका छन् ।