close

कुम्मायकमा आँखा शिविर

कुम्मायकमा आँखा शिविर

Trulli
ADVERTISEMENT

पाँचथर– पाँचथरको कुम्मायक गाउँपालिकामा ३ दिने आँखा शिविर सम्पन्न भएको छ । कुम्मायक गाउँपालिका र नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको आयोजनामा ३ दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।


पालिका केन्द्र यासोक बजारमा सञ्चालन गरिएको शिविरमा गाउँपालिकाका २८९ जनाले सेवा लिएको पालिका अध्यक्ष जयबहादुर चेम्जोङले जानकारी दिए । तीमध्ये २४ जनाले शल्यक्रिया सेवा लिएका छन् । इटहरी आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा डा. अंकिता शर्मा नेतृत्वको ९ जना नेत्र चिकित्सकले सेवा दिएका थिए । 


पालिकामै निःशुल्क सेवा पाएपछि आँखाको समस्या रहेका पालिकाबासी खुसी भएका छन् । एक वर्षदेखि राम्ररी आँखा देख्न छाडेका वडा नम्बर ३ सेपेनीका ७२ वर्षीय रघुनाथ चौलागाईंले शल्यक्रियापछि राम्ररी देख्न सक्ने भएको भन्दै खुसी व्यक्त गरे ।