close

बुर्तिवाङमा ९ सय जनाको निःशुल्क आँखा परीक्षण

बुर्तिवाङमा ९ सय जनाको निःशुल्क आँखा परीक्षण

Trulli
ADVERTISEMENT

बलेवा– बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा नौ सय जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरुको आँखा परीक्षण गरिएको हो । 

 

कास्कीको पोखरा महानगरपालिका–१ शङ्करटोलस्थित पोखरा व्यावसायिक महिला क्लबले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको हो । तीमध्ये ७७ जनाको निःशुल्क शल्यक्रिया गरिएको क्लबका उपाध्यक्ष एवं निःशुल्क आँखा शिविर कार्यक्रमका संयोजक धनेश्वरी पराजुलीले जानकारी दिइन् । 

 

क्लबले जर्मनीका माइकल बाउरको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा तीन दिने सो शिविर सञ्चालन गरेको हो । ढोरपाटन नगरपालिका, लायन्स क्लब अफ ढोरपाटन, ढोरपाटन चेम्बर अफ कमर्स र बुर्तिवाङ राइजिङ युथ क्लबले समेत शिविर सञ्चालनमा सहयोग गरेको थियो । सो अवसरमा क्लबले हिमालय आँखा अस्पताल पोखरालाई करिब ८ लाख बराबरको आँखा जाँच्ने मेसिन सहयोग गरेको थियो ।

 

यसअघि पर्वतको मोदी गाउँपालिका–७ राम्जाठाँटीस्थित पशुपति मावि, वडा नं १ को सेराबेँसी, पोखरा महानगरपालिका–१५ स्थित परोपकार गुरुकुल आश्रमलगायत स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको क्लबले जनाएको छ ।