close

सूर्यविनायकका १० वटै स्वास्थ्य चौकीले पाए कन्सनट्रेटर मेसिन

सूर्यविनायकका १० वटै स्वास्थ्य चौकीले पाए कन्सनट्रेटर मेसिन

Trulli
ADVERTISEMENT

भक्तपुर– सूर्यविनायक नगरपालिकाका १० वटै वडाका स्वास्थ्य चौकीलाई कन्सनट्रेटर मेसिन वितरण गरिएको छ । गार्डेन अफ एन्जल्सको सहयोगमा भोलेन्टर नेपाल नेसनल ग्रुप को सहकार्यमा पालिकाका सबै स्वास्थ्य संस्थालाई उक्त मेसिन वितरण गरिएको हो । 

 

पहिलो दिन पालिकाको वडा नम्बर ५, ६, ७, ८, ९ र १० र दोस्रो दिन १, २, ३, ४ र ७ वडाका स्वास्थ्य चौकीलाई ती सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

 

एन्जल्सले नगरभित्रका १० वटै वडाका स्वास्थ्य संस्थालाई मेसिन हस्तान्तरण गर्ने कार्यक्रम बनाएकामा सोहीअनुरूप वितरण गरिएको वडा नम्बर ८ का वडाध्यक्ष किरण थापाले बताए । 


राष्ट्रिय कार्यक्रम संयोजक प्रदीप खड्का, सूर्यविनायक नगरका जनस्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईं तथा जनस्वास्थ्य निरीक्षक पुण्यप्रसाद काफ्लेले सम्बन्धित वडाका जनप्रतिनिधि तथा स्वास्थ्य कर्मचारीलाई उक्त मेसिन हस्तान्तरण गरे ।