close

कीर्तिपुर नगरपालिका–रेडक्रस सोसाइटी सम्झौता

कीर्तिपुर नगरपालिका–रेडक्रस सोसाइटी सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौ–कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीबीच नगरबासीलाई निःशुल्क रक्त सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।  बिरामी परेर रगत आवश्यक पर्ने कीर्तिपुरका स्थानीयलाई नेपाल रेडक्रसले सञ्चालन गरेको केन्द्रीय ब्लड बैंकबाट निःशुल्क रगत उपलब्ध गराउने र सोबापतको रकम नगरपालिकाले भुक्तानी दिने सम्झौता भएको उपप्रमुख सरस्वती खड्काले जानकारी दिइन् । 


‘ब्लड बैंकमा गएर कीर्तिपुरको स्थानीयको परिचय खुल्ने कुनै पनि परिचयपत्र देखाएपछि ब्लड पाउने र सोबापतको सेवाशुल्क नगरपालिकाले तिर्ने व्यवस्था गरिएको छ’, उपप्रमुख खड्काले भनिन्, ‘यसका लागि नगरपालिकाले चालू आवमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।’


नगरबासीको आवश्यकता हेरेर आगामी आर्थिक वर्षमा रकम थपघट गरिने उपप्रमुख खड्काले बताइन् । नगरबासीलाई स्वास्थ्य सेवामा सहयोग पु¥याउन यो कार्यक्रम लागू गरिएको बताइएको छ ।