close

निःशुल्क मुटु परीक्षण शिविर सञ्चलन गर्दै मध्यपुर

निःशुल्क मुटु परीक्षण शिविर सञ्चलन गर्दै मध्यपुर

Trulli
ADVERTISEMENT

भक्तपुर–भक्तपुरको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले चार दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालले ६ देखि ९ मंसिरसम्म शिविर सञ्चालन गर्न लागेको हो ।

 

शिविरमा सेवाग्राहीले निःशुल्क मुटुरोगको परीक्षण तथा भिडियो एक्सरेको सुविधा लिन पाउनेछन् । शिविर प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।

 

शिविरमा सहभागी बिरामीले डाक्टर वा चिकित्सकले सिफारिस गरेका परीक्षण र ल्याब टेस्टमा २० प्रतिशत छुटको व्यवस्था गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । अमेरिकी चिकित्सकद्वारा शिविरमा उपचार गरिने उनले जानकारी दिए । शिविर चारदोबाटोस्थित नगर अस्पतालमै सञ्चालन हुनेछ ।