close

कुम्मायकमा मालपोतको घुम्ती शिविर

कुम्मायकमा मालपोतको घुम्ती शिविर

Trulli
ADVERTISEMENT

पाँचथर– पाँचथरको कुम्मायक गाउँपालिकामा जिल्ला मालपोत कार्यालयले घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिकाको समन्वय एवं जिल्ला मालपोत कार्यालयको प्राविधिक सहयोगमा ५ मंसिरदेखि सुरु भएको घुम्ती शिविर ११ मंसिरसम्म सञ्चालन हुने जिल्ला मालपोत कार्यालय प्रमुख बाबुराम पोख्रेलले जानकारी दिए ।


शिविरबाट स्थानीयले अंशबन्डा, धनीपुर्जा वितरण, नामसारी, बकसपत्र, भोग बन्धकी, दृष्टि बन्धक, लिखित पारितलगायतका सेवा लिइरहेका छन् । शिविरबाट हालसम्म १ सय बढी स्थानीयले सेवा लिइसकेको प्रमुख पोख्रेलले बताए ।


शिविर कुम्मायक गाउँपालिकाको सेवाकेन्द्र यासोक बजारमा सञ्चालन भइरहेको छ । आफ्नै पालिकामा सेवा पाउँदा स्थानीय खुसी भएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको भनाइ छ ।