close

कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोन तीव्र रूपमा फैलिने 

कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोन तीव्र रूपमा फैलिने 

Trulli
ADVERTISEMENT

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई ओमाइक्रोन नाम दिइएको छ । डब्लूएचओले यो भेरिएन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै सतर्क रहन चेतावनी दिएको छ ।

 

सुरुवाति अनुसन्धानका अनुसार यसबाट संक्रमण फैलिने खतरा बढी रहेको जानकारी प्राप्त भएको पनि डब्लूएचओको भनाइ छ । सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा उक्त भेरिएन्टको कोरोना पुष्टि भएको डब्लूएचओको भनाइ छ ।

 

त्यसका अलावा यो भेरिएन्ट बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ । संक्रमण फैलिन सक्ने भन्दै विश्वका धेरै देशले दक्षिण अफ्रिका जान(आउन प्रतिबन्ध लगाइसकेका छन् । बेलायतले ब्रिटिस र आइरिस नागरिकबाहेकलाई दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्सवाना, लेसोथो र इस्वातिनीबाट आउने यात्रुको प्रवेशमा रोक लगाइसकेको छ । अमेरिकाले पनि सोमबारदेखि यी मुलुकका अलावा मोजाम्बिक र मलावीबाट आउने उडान रोक्ने निर्णय गरेको छ ।

 

शुक्रबार डब्लूएचओले उक्त भेरिएन्ट दक्षिण अफ्रिकाका सबै प्रान्तमा भेटिएको बताएको थियो । यो भेरिएन्टलाई बी.१,१.५२९ नाम दिइएको छ । वैज्ञानिकहरूले कोभिडविरुद्ध हालसम्म बनेका खोप नयाँ भेरिएन्टविरुद्ध प्रभावकारी नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।