close

लुम्बिनी चिकित्सालयमा मनाइयो राष्ट्रिय आरोग्य दिवस

लुम्बिनी चिकित्सालयमा मनाइयो राष्ट्रिय आरोग्य दिवस

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले आयुर्वेद चिकित्सा उपचार पद्धतिलाई मूल धारमा ल्याउनुपर्ने बताएका छन् । 


त्यसका लागि प्रदेश सरकारले आवश्यक नीति, जनशक्ति र पूर्वाधारमा सहयोग गर्ने उनले जानकारी दिए । राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती अवसरमा लुम्बिनी आयुर्वेद चिकित्सालयद्वारा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्रीले आयुर्वेद पद्धतिलाई अनुसरण गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।


मन्त्री चौधरीले हाल बढी प्रचलनमा रहेको एलोप्याथिक र आयुर्वेद पद्धतिलाई सन्तुलनमा ल्याउन सके मात्र यसको प्रभावकारित बढी देखिने धारणा व्यक्त गरे ।
मन्त्री चौधरीले भने, ‘आयुर्वेद भनेको रोग लाग्न नदिने अवस्था हो । अहिले पनि यसप्रति चेतना अभाव रहेकाले त्यसलाई हटाउन सक्नुपर्छ ।’

 

कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटाले लुम्बिनी आयुर्वेद चिकित्सालयमा पूर्वाधार तथ आयुर्वेद विकासका लागी बजेट अभाव हुन नदिइने बताए । लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले मानसिक तनाव व्यवस्थापनका लागि योग र आयुर्वेद महत्त्वपूर्ण हुन सक्ने जिकिर गरे ।


प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख डा. पुष्पराज पौडेलले हाल आयुर्वेदको विकासका लागि विश्व स्वास्थ्य संगठनले भनेजस्तै ६ वटा विषयलाई अघि बढाउनुपर्नेमा जोड दिए ।


विश्व स्वास्थ्य संगठनले भनेजस्तै नेतृत्व सुशासन, पूर्वाधार विकास, पर्याप्त जनशक्ति, स्वास्थ्य सेवा प्रणाली, आयुर्वेद सूचना प्रणाली र व्यवस्थापनलगायतमा धान ध्यान दिनुपर्ने उनको भनाइ छ ।

 

कार्यक्रममा बुटवल उपमहानगर उपप्रमुख गुमादेवी आचार्यले  उपमहानगरले योग र आयुर्वेदलाई प्राथमिकता दिई सहरी स्वास्थ्य केन्द्रबाट आयुर्वेद सेवा दिँदै आएको जानकारी दिइन् ।


लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा. नलिनाथ तिवारीले जनशक्ति, बजेट र पूर्वाधार अभाव रहेको बताए । उनले भने, ‘अहिले जनशक्ति अभावमा काममा समस्या भएकाले प्रदेश सरकारले सहज बनाउनुपर्छ ।’ 


आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष शिव ज्ञवालीले १५ बेडको अस्पताल सञ्ञ्चालनका लागि तयारी थाले पनि जग्गा र बजेट अभाव भएको सुनाए ।  बुटवल, सैनामैनालगायतका ठाउँमा अस्पताल निर्माणका लागि जग्गा व्यवस्था गरिदिन उनले स्थानीय सरकारलाई आग्रह गरे ।

 

कार्यक्रममा संस्थाका वैद्य तथा योग– आयुर्वेद अभियन्ता विष्णुहरि आचार्य, विभिन्न टोल संस्थाका प्रमुखलगायत उपस्थित थिए ।