close

तिलोत्तमा वडा नम्बर ४ मा बन्यो सहरी स्वास्थ्य केन्द्र भवन

तिलोत्तमा वडा नम्बर ४ मा बन्यो सहरी स्वास्थ्य केन्द्र भवन

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ मा निर्माण भएको सहरी स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । भवनको नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रूपमा उद्घाटन गरे ।


कार्यक्रममा नगरप्रमुख घिमिरेले नगरका सबै वडामा आधारभूत स्तरका सरकारी स्वास्थ्य संस्था पुगे भए पनि स्वास्थ्य सुविधासम्पन्न भवन निर्माण भइरहेको बताए । उनले भने, ‘तिलोत्तमा नगरका सबै वडामा सुविधासम्पन्न भवन र नागरिकलाई सर्वसुलभ सेवा दिन नगरपालिकाले काम गरिरहेको छ । तिलोत्तमामा अत्याधुनिक सुविधासम्पन्न तिलोत्तमा सिटी ल्याब स्थापना गर्ने योजना छ ।’


उपमेयर चौधरीले चुनामा गरेका वाचा पूरा गर्दै अघि बढेको बताइन् । वडा नम्बर ४ का वडाध्यक्ष दिवाकर ढकालले सहरी स्वास्थ्य केन्द्रमा प्रयोगशाला पनि सञ्चालन गरिएको जानकारी दिए । 


प्रयोगशालाको सेवा सुरु भएकाले सरकारी स्वास्थ्य सेवाका लागि स्थानीय नागरिकलाई थप सहज हुने उनको भनाइ छ । वडा नम्बर २, ६, ८, १० का सरकारी स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा उपलब्ध रहेको स्वास्थ्य शाखाले जनाएको छ ।