close

रूपन्देहीका ५ पालिकामा १८ वर्षमाथिकालाई लगाइँदै कोरोनाविरुद्धको खोप

रूपन्देहीका ५ पालिकामा १८ वर्षमाथिकालाई लगाइँदै कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीका ३ नगरपालिका र २ गाउँपालिकामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकामा कोरोनाविरुद्धको भेरोसिल खोप ९० हजार जनालाई लगाइने भएको हो । 


शर्माका अनुसार ५ पालिकाका ९० हजार जनालाई कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउने लक्ष्य छ । १३ मंसिरबाट सुरु भएको खोपको पहिलो डोजको पहिलो दिन १९ हजारले खोप लगाएको शर्माले बताए ।


रूपन्देहीमा अहिलेसम्म कोभिसिल्ड, भेरोसेल एस्ट्राजेनेक फाइजर गरी ३ लाख ३२ हजार बढीले कोरोनाविरुद्धको दुवै मात्रा लगाएको तथ्याक रहेको शर्माले जानकारी दिए । ११ पालिकामा २१ देखि २४ मंसिरसम्म कोरोनाविरुद्धको खोप लगाइने तालिका छ । गर्भवती महिलाले पनि ३ महिनापछि खोप लगाउन सक्ने उनको भनाइ छ ।