close

लुम्बिनी र जनकपुर प्रादेशिक अस्पतालमा सञ्चालनमा आए अक्सिजन प्लान्ट

लुम्बिनी र जनकपुर प्रादेशिक अस्पतालमा सञ्चालनमा आए अक्सिजन प्लान्ट

Trulli
ADVERTISEMENT

काठमाडौं–विश्व बैंकको वित्तीय लगानीमा लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालमा नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा आएका छन् । यी दुई प्लान्ट विश्व बैंकको वित्तीय लगानीमा सञ्चालन भएका हुन् । विश्व बैंकको लगानीमा ‘परियोजना सेवाका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयले उक्त प्लान्ट खरिद तथा स्थापना गरिएको हो ।


सञ्चालनमा आएका ती अक्सिजन प्लान्ट प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख मदनकुमार उपाध्याय र विश्व बैंकको मालदिभ्स, नेपाल तथा श्रीलंकाका कन्ट्री डाइरेक्टर फारिस हदाद जार्भोसले अक्सिजन प्लान्ट सम्बन्धित प्रदेशलाई हस्तान्तरण गरे ।


आगामी ३ वर्षसम्म यूएनओपीएसले नै पूर्ण रूपमा उक्त प्लान्ट सञ्चालन तथा मर्मत गर्नेछ । विश्व बैंकको लगानीमा यसअघि देशभरका स्वास्थ्य केन्द्रमा १० लिटर क्षमताका १ हजार अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको थियो ।


हाल स्थापना भएका अक्सिजन प्लान्टले प्रादेशिक अस्पतालको क्षमता वृद्धि गर्नुका साथै कोभिड महामारीसँग लड्न थप मद्दत पुग्ने बताइएको छ । विश्व बैंकका अनुसार बाँकी ५ वटा प्रदेशमा पनि अक्सिजन प्लान्ट १५ दिनभित्र सञ्चालनमा आइसक्नेछन् । विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर ती प्लान्ट निर्माण गरिएका हुन् ।