close

नागरिकलाई सुलभ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउँछौँ : मन्त्री थारु

नागरिकलाई सुलभ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउँछौँ : मन्त्री थारु

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले मृगौला रोगीलगायत विभिन्न दीर्घ रोगीको उपचारमा प्रदेश सरकारले सहयोग गर्दै आएको बताएका छन् ।

 

मिर्गाैलापीडित सरोकार समाज नेपालले मिर्गाैला बचाऔँ, आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ मूल नारासहित बुटवलमा आयोजना गरेको सम्मान तथा जनचेतनामूलक कार्यक्रममा मन्त्री थारुले मिर्गाैला रोगीका लागि सरकारले करिब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । 

 

मिर्गाैला फेर्ने बिरामीलाई २ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने, प्रदेशभर रक्तसञ्चार केन्द्रबाट निःशुल्क रगत सेवा उपलब्ध गराउने, महँगो इन्जेक्सनमा ५० प्रतिशत अनुदान दिने, निःशुल्क स्क्रिनिङलगायत कार्यक्रम प्रदेश सरकारले लागू गरेको मन्त्री थारुको भनाइ छ । क्यान्सरलगायत अन्य दीर्घ रोगीका लागि पनि विभिन्न सेवा उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए । 


मिर्गाैलापीडित सरोकार समाज रूपन्देहीका अध्यक्ष रमेश केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय अध्यक्ष बलराम सुवेदी, मिर्गाैला रोग विशेषज्ञ डा. रजत कायस्थ, गौतमबुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलम, वसिम खाँणलगायतले नेपालमा मिर्गौला रोगीको अवस्था र उपचारबारे चर्चा गरे । 

 

नेपालमा झन्डै १ लाख मिर्गाैला रोगी रहेको सरकारी तथ्यांक छ । हरेक वर्ष झन्डै ३ हजारको संख्यामा मिर्गाैलासम्बन्धी रोगबाट मानिसको मृत्यु हुने गरेको छ भने सोही हाराहारी नयाँ मिर्गाैला रोगी थपिने गरेका छन् ।

 

मिर्गौला रोग लागे शरीर सुन्निने, शरीरमा रगतको मात्रा कम हुँदै जाने, शरीर कमजोर भई दुब्लाउँदै जाने, छिटोछिटो पिसाब लाग्ने, वाकवाकी लाग्ने र रिंगटा लाग्नेलगायत लक्षण देखिने चिकित्सक बताउँछन् ।