close

डब्लुएचओले भन्यो : कोरोना खोप ओमिक्रोन भेरियन्टविरुद्ध पनि प्रभावकारी

डब्लुएचओले भन्यो : कोरोना खोप ओमिक्रोन भेरियन्टविरुद्ध पनि प्रभावकारी

Trulli
ADVERTISEMENT

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक अधिकारीले अहिले विश्वभर प्रयोग भइरहेको कोरोना खोप नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम रहेको बताएका छन् ।


दक्षिण अफ्रिकाको प्रयोगशालामा गरिएको परीक्षणले फाइजरको खोप ओमिक्रोन भेरियन्टमा आंशिक मात्र प्रभावकारी देखाएको समाचार आएसँगै डब्ल्युएचओले यस्तो बताएको हो । 


डब्ल्युएचओका डा. माइक रयानले अहिलेसम्म कोरोना खोप अन्य भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्टमा कम हुने कुनै संकेत नदेखिएको बताए । रयानले भने, ‘हामीसँग धेरै प्रभावकारी खोप छन्, जुन गम्भीर बिरामी र अस्पतालमा भर्ना हुनेको संख्या घटाउन अहिलेसम्म सबै भेरियन्टविरुद्ध प्रभावकारी देखिएका छन् । त्यसैले ओमिक्रोनविरुद्ध यसको असर कम होला भनेर सोच्नुपर्ने कुनै कारण छैन ।’ 


ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टको तुलनामा धेरै संक्रामक पाइए पनि संक्रमितमा गम्भीर लक्षण भने नदेखिएको उनले जानकारी दिए । दक्षिण अफ्रिकामा गरिएको अनुसन्धानको एक हिस्सा रहेका एलेक्स सिंगलले पनि अहिले उपलब्ध खोप प्रभावकारी रहेको भन्दै बुस्टर डोज दिनु ओमिक्रोनको संक्रमणविरुद्ध महत्त्वपूर्ण कदम हुन सक्ने बताए ।