close

वीरगञ्ज महानगरमा कोभिडविरुद्धको खोप अभियान 

वीरगञ्ज महानगरमा कोभिडविरुद्धको खोप अभियान 

Trulli
ADVERTISEMENT

पर्सा– पर्साको वीरगञ्ज महानगरले नगर क्षेत्रमा कोभिडविरुद्धको खोप अभियान सुरु गरेको छ । नगरका सार्वजनिक स्थलमा सर्वसाधारणले खोप लगाउन सक्ने गरी अभियान थालिएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए ।


अभियानको वीरगञ्ज महानगर नगरप्रमुख सरावगीले उद्घाटन गरे । अहिले ३७ खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाउँदै आएको उनको भनाइ छ ।


महानगरले हालै खोप भण्डारण कक्ष सञ्चालनमा ल्याएकाले खोपको व्यवस्थापन सहज भएको बताइएको छ । महानगरले सबै नगरबासीलाई अभियानमा सहभागी हुन आग्रह गरेको छ । महानगरले अभियानअन्तर्गत पहिलो चरणमा भेरोसेल खोपको दुवै मात्रा लगाउने र त्यसपछि कोभिसिल्डको खोप लगाइने बताएको छ ।