close

सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन राष्ट्रपतिको सुझाव

सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन राष्ट्रपतिको सुझाव

Trulli
ADVERTISEMENT

जुम्ला– राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् । कर्णाली प्रदेशको एमबिबिएस पढाइको औपचारिक उद्घाटन गर्न जुम्ला आएका बेला राष्ट्रपतिले उक्त आग्रह गरेकी हुन् । ‘लामो समयदेखि नागरिक कोरोना संक्रमणबाट आक्रान्त छन्’, उनले भनिन्, ‘अहिले नेपालमा तेस्रो भेरियन्ट ओमिक्रोन पनि देखिएकाले यसबाट नागरिकलाई बच्न आग्रह गर्छु ।’ 


जुम्लामा १८ वर्षमाथिका ६७ प्रतिशत नागरिक छन् । जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकअनुसार १८ वर्षमाथिका ६७ प्रतिशतमध्ये ३० प्रतिशतलाई मात्रै कोभिडविरुद्धको खोप लगाइएको छ । १८ वर्षमुनिका कुनै पनि नागरिकलाई कोभिडविरुद्धको खोप लगाएको छैन ।