close

कर्णालीमा भेटिए ४१ नयाँ एचआईभी संक्रमित 

कर्णालीमा भेटिए ४१ नयाँ एचआईभी संक्रमित 

Trulli
ADVERTISEMENT

जुम्ला–कर्णाली प्रदेशमा ४१ नयाँ एचआईभी संक्रमित फेला परेका छन् । आर्थिक वर्ष ०७७/७८ को तथ्यांकअनुसार कर्णाली प्रदेशमा एक वर्षे अवधिमा ४१ जना एचआईभी संक्रमित भेटिएका हुन् ।

 

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार नयाँ फेला परेका एचआईभी संक्रमितमध्ये २ जना गर्भवती महिला रहेका छन् । तीमध्ये एक हरूकुम पश्चिम र अर्की महिला सुर्खेतका हुन् । 


आव ०७७/७८ मा कुल ३२ हजार ३६ जना महिलालाई गर्भावस्था तथा सुत्केरी अवस्थामा एचआईभी परीक्षण गरिएको थियो । हाल फेला परेका सबै एचआईभी संक्रमितले एआरटी सेवा लिइरहेका छन् । 

 

योसँगै कर्णाली प्रदेशमा एचआईभी संक्रमितको कुल संख्या ६५१ पुुगेको छ । कर्णालीका सबै एचआईभी संक्रमितले एआरटी सेवा लिइरहको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।