close

कटहरियामा अस्पताल भवन शिलान्यास

कटहरियामा अस्पताल भवन शिलान्यास

Trulli
ADVERTISEMENT

रौतहट–रौतहटको कटहरिया नगरपालिकामा अस्पताल भवन निर्माण सुरु भएको छ । नगरप्रमुख सियाराम कुशवाहले अस्पतालको भवन शिलान्यास गरेका हुन् । करिब २० करोड रुपैयाँ लागतमा कटहरियाको पिएचसीमा १५ शय्याको अस्पतालका लागि भवन निर्माण सुरु गरिएको हो ।


अस्पताल भवन निर्माणका लागि कटहरिया नगरपालिकाले टेन्डर आह्वान गरेको थियो । महालक्ष्मी धनञ्जय चौधरी जेभीले ११ करोड रुपैयाँमा भवन निर्माणको जिम्मा पाएको छ ।


कार्यक्रममा कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले अस्पताल निर्माणपछि नगरबासीले सहज र सुलभ स्वास्थ्य सुविधा पाउने बताए । अस्पताल बनेपछि नगरबासीलाई उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था हट्ने उनको विश्वास छ ।


कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्षहरू राजकुमार साह, हरिभजन साह, कटहरिया माविका प्रधानाध्यापक योगेन्द्र कुशवाह, कार्यपालिका सदस्य रामप्रवेश साह,रामबाबु साह, डा. सन्तोषकुमार यादव, डा. गोविन्द साहलगायत उपस्थित थिए ।