close

त्रिभुवन विमानस्थलको आग्रह : कोरोनाको जोखिम बढेको छ, भीड नगर्नू 

त्रिभुवन विमानस्थलको आग्रह : कोरोनाको जोखिम बढेको छ, भीड नगर्नू 

Trulli
ADVERTISEMENT

काठमाडौं– त्रिभुवन विमानस्थल कार्यालयले भीडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोन फैलन सक्ने भन्दै कार्यालयले यस्तो आग्रह गरेको हो ।


पछिल्लो समय विमानस्थलमा यात्रुको संख्या बढी रहेको र तिनको बिदाइ तथा स्वागतमा जानेका कारण भीडभाड बढेको भन्दै कार्यालयले अनावश्यक भीडभाड नगर्न अनुरोध गरेको हो ।

 

विमानस्थलमा आउँदा÷जाँदा उच्च सतर्कतासहित स्वास्थ्य मापदण्ड पालना गर्नसमेत कार्यालयले भनेको छ । पछिल्लो समय नयाँ भेरियन्ट ओमिक्रोनबाट अन्य मुलुक बढी प्रभावित भएका छन् ।

 

विभिन्न मुलुकबाट आउने यात्रुका माध्यमबाट समेत यस्तो संक्रमणको जोखिम हुन सक्ने भन्दै प्रशासनले नयाँ भेरियन्टबाट आफू बच्न र अरूलाई पनि बचाउन सुझाएको छ ।


विमानस्थलमा पूर्वाधार निर्माण तथा विस्तारको काम जारी रहेका कारण स्थान अभावले बढी भीडभाड भएको विमानस्थल कार्यालयको सूचनामा उल्लेख छ ।