close

क्षत्रपाटी निःशुल्क चिकित्सालयको अक्सिजन प्लान्ट उद्घाटन

क्षत्रपाटी निःशुल्क चिकित्सालयको अक्सिजन प्लान्ट उद्घाटन

Trulli
ADVERTISEMENT

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शनिबार काठमाडौं महानगर वडा नम्बर १७ मा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरिन् ।


 
दया फाउन्डेसन, अमेरिकामा रहेको नेपालीको संस्था युनाइटेड नेवाः, आईओएनलगायत दर्जन बढी संस्था तथा व्यक्तिको सहयोगमा क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको औपचारिक उ्दघाटन गरिएको हो । यो प्लान्टबाट दैनिक १ सय सिलिन्डर क्षमताको अक्सिजन उत्पादन हुनेछ ।

 

क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा मन्त्री भुसालले १ करोड ४५ लाख रुपैयाँ लागतमा निर्मित अक्सिजन प्लान्ट उद्घाटन गर्दै बढ्दो कोरोना महामारीविरुद्ध लड्न थप मद्दत मिल्ने विश्वास व्यक्त गरिन् । 

 

मन्त्री भुसालले नयाँ–नयाँ भाइरसको प्रभाव विश्वका अन्यत्र मुलुकमा बढिरहेको सन्दर्भमा नेपालमा पूर्वतयारी आवश्यक रहेको बताइन् । अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले नागरिकको जीवनरक्षामा सघाउ पुग्ने मन्त्री भुसाको विश्वास छ ।  मन्त्री भुसालले क्षत्रपाटी निःशुल्क चिकित्सालयले न्यून आय भएका, गरिब, असहाय नागरिकको सेवा गरिरहेकाले सरकारले थप सहयोग गर्ने प्रतिबद्धता जनाइन् । चिकित्सालयलाई सरकारले निःशुल्क विद्युत् उपलब्ध गराउने आश्वासन दिइन् । 


उनले १ मंसिरदेखि देशैभरिका गरिब जनता, जसले मासिक २० युनिट विद्युत खपत गर्दैनन्, तिनलाई विद्युत् निःशुल्क उपलब्ध गराइएको बताइन् । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले अस्पतालले ०७२ को भूकम्प र हालको कोडिभ महामारीमा उल्लेख्य भूमिका खेलेको बताउँदै सरकारले पूर्वाधार विकासमा ध्यान दिन नसकेको गुनासो गरे । 

 

क्षत्रपाटी निःशुल्क चिकित्सालयका उपाध्यक्ष कुमारदेव मानन्धरले दैनिक १ सय सिलिन्डर अक्सिजन उत्पादन हुने, स्वचालित पाइपमार्फत सिधैं अस्पतालको बेडमा पुग्ने अक्सिजन प्लान्ट निर्माण सम्पन्न भएको जानकारी दिए । छिट्टै उक्त प्लान्टबाट अक्सिजन सिलिन्डरमा भर्ने व्यवस्था गरिने उनले बताए । 


कार्यक्रममा अक्सिजन प्लान्टका लागि सहयोग गर्ने मुख्य दातृ संस्था दया फाउन्डेसनका संस्थापक सदस्य कीपा माथेमाले क्षत्रपाटी निःशुल्क चिकित्सालयले सहरी क्षेत्रका जनताको स्वास्थ्योपचारमा पु¥याइरहेको सहयोगमा थप बल पु र्‍याउन अक्सिजन प्लान्टका लागि सहयोग संकलन गर्ने अभियानको नेतृत्व गरेको जानकारी दिइन् ।  क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. श्रेष्ठले सबै दाताको सामूहिक भावनाको कारण अक्सिजन प्लान्ट जडान गर्न सम्भव भएको बताए । 

 

अध्यक्ष श्रेष्ठले नयाँ बन्दै गरेको भवनका लागिसमेत अक्सिजन अभाव नहुने गरी व्यवस्थापन गरिएको जानकारी दिए ।  क्षत्रपाटी निःशुल्क चिकित्सालयले १ पुसबाट प्रत्येक शनिबार ओपिडी सेवा सञ्चालन गर्न सुरु गरेको छ । अस्पतालले सामान्य शल्यक्रियासमेत गर्दै आएकामा अब विशेष प्रकारको शल्यक्रिया सेवा थप गर्दै अघि बढ्ने तयारी गरिरहेको जनाएको छ । 


अस्पतालका अनुसार अक्सिजन प्लान्ट स्थापनाका लागि युनाइटेड नेवा नामक संस्थाले १५ लाख, आईओएनले २० लाख, नेपाल परिवार जर्मनले ५ लाख, एनआरटी क्लबले ५ लाख, ढल्को परिवारले ३ लाख, हातेमालो वनस्थलीले ५ लाख रुपैयाँ सहयोग गरेका थिए ।