close

कोरोना प्रभावित परिवारलाई ललितपुर महानगरको सहयोग 

कोरोना प्रभावित परिवारलाई ललितपुर महानगरको सहयोग 

Trulli
ADVERTISEMENT

काठमाडौं– ललितपुर महानगरले कोराना प्रभावित परिवारलाई आर्थिक सहायता वितरण गरेको छ । महानगरको १०३औँ स्थापना दिवस अवसर पारेर कोरोना प्रभावितलाई आर्थिक सहायता वितरण सुरु गरेको महानगरपालिकाले जनाएको छ ।


ललितपुर महानगरले प्रत्येक वर्ष २ पुसलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ । महानगरीय विपद् व्यवस्थापन समितिले कोरोना प्रभावित परिवारलाई आर्थिक सहायता वितरण गर्ने निर्णय यसअघि नै गरेको थियो ।


महानगर प्रमुख चिरीबाबु महर्जनका अनुसार कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई १ लाख २० हजार रुपैयाँ आर्थिक सहयोग गरिनेछ । यस्तै, भेन्टिलेटर र आईसीयूमा रहेर उपचार गराई निको भएकालाई जनही ६० हजार र कोरोना संक्रमणका कारण अस्पताल भर्ना भई उपचार गराएकालाई बढीमा ३० हजार रुपैयाँ उपलब्ध गराइने उनले बताए । महानगरले स्थापना दिवस अवसरमा २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई पनि सम्मान गरेको छ ।