close

ललितपुर महानगरमा कोरोनाबाट प्रभावित ४८९ को विवरण संकलन

ललितपुर महानगरमा कोरोनाबाट प्रभावित ४८९ को विवरण संकलन

Trulli
ADVERTISEMENT

काठमाडौं– ललितपुर महानगरमा कोरोनाबाट प्रभावित ४८९ जनाको विवरण संकलन भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाएका २५६, संक्रमित भई आईसीयूमा उपचार गराएका ५९ जना र सामान्य उपचार गराएका १७४ जनाको विवरण प्राप्त भएको महानगरपालिकाले जनाएको छ ।

 

महानगरका २९ वटै वडाबाट प्राप्त आवेदनका आधारमा यी परिवारलाई रकम उपलब्ध गराइन लागिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए । उनका अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई १ लाख २० हजार, आईसीयूमा उपचार गराएकालाई ६० हजार र सामान्य उपचार गराएकालाई ३० हजार रुपैयाँ राहत रकम उपलब्ध गराइनेछ । 

 

सहयोग रकमको चेक बुझ्न महानगरमा सम्पर्क गर्न उनले आग्रह गरे । महानगरमा आवेदन आउने क्रम रहेकाले संख्या अझै बढ्न सक्ने अधिकृत अर्यालले बताए । यसअघि महानगरको १०३औँ स्थापना दिवसका दिन प्रतिवडा एक/एक जना गरेर २९ जनालाई रकम वितरण गरिसकिएको अधिकृत अर्यालले जानकारी दिए ।