close

महालक्ष्मीको चानुवा स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा

महालक्ष्मीको चानुवा स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटाको महालक्ष्मी नगरपालिकाले वडा नम्बर ४ को चानुवा स्वास्थ्य चौकीमा गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याएको छ । सोही स्वास्थ्य संस्थामा १० सातासम्मको गर्भपतन सेवा पनि पालिकाले निःशुल्क सुरु गरेको छ । उक्त सेवा उद्घाटन नगरप्रमुख पर्शुराम नेपालले गरे ।

 

कार्यक्रममा नगरप्रमुख नेपालले पालिकाले आगामी दिनमा सबै वडामा यी सेवा विस्तार गर्ने योजना रहेको बताए । चानुवा स्वास्थ्य चौकीमा तालिम प्राप्त सिनियर अनमी मीना अधिकारीले सेवा उपलब्ध गराउने पालिकाले जनाएको छ । 


पालिकाले करुणा फाउन्डेसन नेपालको सहयोगमा यो सेवा सञ्चालनमा ल्याएको हो ।  यसअघि यो सेवा ७ नम्बर वडाको प्राथमिक स्वास्थ्य केन्द्र जितपुरबाट सञ्चालन भइसकेको छ । पछिल्लो समय नगरपालिकाले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लगेको छ ।