close

स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट बन्यो लुम्बिनी प्रादेशिक अस्पताल

स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट बन्यो लुम्बिनी प्रादेशिक अस्पताल

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी प्रादेशिक अस्पतालले स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट बनेको छ । अस्पतालले न्यूनतम सेवा मापदण्डअनुसार ४९ बाट बढाएर ७४ प्रतिशतमा सेवा पुर्‍याउन सफलता पाएको हो । नेपालमा रहेका सेकेन्डरी बी लेभलका अस्पतालमध्ये यो स्वास्थ्य संस्था उत्कृष्टमा परेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्र रमणले बताए ।

 

स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजनामा लुम्बिनी प्रादेशिक अस्पतालको न्यूनतम सेवा मापदण्ड फलोअप समापन भएको छ । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रमणले लुम्बिनी प्रादेशिक अस्पतालको टिमवर्कले राम्रो नतिजा दिएको बताए । उनले भने, ‘नेपालीको सरदर आयु ७१÷७२ वर्ष हो । । सरदर आयुको मापदण्डमा रहेर दिइने स्वास्थ्य सेवा उत्कृष्ट बनाउन सके मात्र नतिजा हासिल हुन सक्छ ।’


सो अवसरमा स्वास्थ्य सचिव डा. विकास देवकोटा र निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरी, डा. श्रीराम तिवारी, अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाललगायतले अस्पताललाई विशिष्टकृत बनाउन सबैको सहयोग आवश्यक पर्नेमा जोड दिए । एमएसएस फोकल पर्सन डा. तिवारीले एमएसएसबारे प्रस्तुतीकरण दिएका थिए भने अस्पतालका नर्सिङ इन्चार्ज ज्योति पौडेलले कार्यक्रमबारे जानकारी गराइन् ।