close

कर्मचारीलाई कोरोना पुष्टि भएपछि पाल्पा अस्पताल बन्द

कर्मचारीलाई कोरोना पुष्टि भएपछि पाल्पा अस्पताल बन्द

Trulli
ADVERTISEMENT

पाल्पा– पाल्पा जिल्ला अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेन्टसहित १० कर्मचारीको पिसिआर परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए ।

 

अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा बन्द गरिएको जनाएको छ । मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो । उनीहरू सबै आइसोलेसन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए । जिल्लामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ ।