close

काठमाडौंका खोप केन्द्रमा थामिनसक्नुको भीड

काठमाडौंका खोप केन्द्रमा थामिनसक्नुको भीड

Trulli
ADVERTISEMENT

काठमाडौं– कोरोना महामारी बढेसँगै संघीय राजधानी काठमाडौं उपत्यकालगायत विभिन्न खोप केन्द्रमा खोप लगाउने मानिसको भीड बढेको छ । रेड जोनमा परेको काठमाडौं उपत्यकाबासीले कोरोना महामारीबाट बच्न खोप लगाउन थालेका हुन् । खोप केन्द्रमा खोप लगाउनेको भीड लाग्ने गरेको छ । मंगलबार काठमाडौंस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउनेको ठूलो भीड लागेको थियो । खोप लगाउनेमा सरकारी कर्मचारी, ज्येष्ठ नागरिक, युवा र वैदेशिक रोजगारीमा जाने बढी छन् ।

 

कोरोना संक्रमण बढेसँगै सरकारले सार्वजनिक स्थल (होटल, सिनेमा हल, रेस्टुरेन्ट, पार्किङ) मा प्रतिबन्धात्मक व्यवस्था लागू गरेपछि खोप लगाउने बढेका हुन् । काठमाडौं उपत्यकाका साथै सीमा नाकामा संक्रमितको संख्या बढ्दो छ । औसतमा समग्र देशभरमा पनि संक्रमण दर ९.५ प्रतिशत पुगेको छ ।

 

डेल्टा भेरियन्ट कायमै रहेको र ओमिक्रोन भेरियन्ट समुदायमा पुगेकाले अबको एक महिना संक्रमण अझ बढ्ने जनस्वास्थ्य विज्ञको चेतावनी छ । कोरोना संक्रमण बढेसँगै सीसीएमसीसीले १५ माघसम्म आधारभूत र माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।