close

कोरोना खोपको पहिलो डोज लगाउनेको संख्या डेढ करोड नाघ्यो

कोरोना खोपको पहिलो डोज लगाउनेको संख्या डेढ करोड नाघ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालमा करिब आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएका हुन् । यो कुल जनसंख्याको ५०.२ प्रतिशत हो ।  यसैगरी १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज लगाएका छन्, जुन कुल जनसंख्याको ३७.३ प्रतिशत हो । 


तर, लक्षित जनसंख्यामा भने ७६.५ प्रतिशतले पहिलो डोज लगाएका छन् । सरकारले खोप अभियान सुरु गर्दा १८ वर्षमाथि उमेर भएकालाई लक्षित जनसंख्यामा राखेको थियो । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा १८ वर्षमाथिका जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ छ । 


यो हिसाबले १८ वर्षमाथिका १ करोड ५१ लाख ८० हजार ६ सय ८८ जनाले खोपको पहिलो डोज लगाइसकेका छन् । अब करिब ४८ लाख जनाले मात्र खोप लगाउन बाँकी छ । तर, त्यसमध्ये कतिपय विदेशमा रहेकाले खोप लगाउन बाँकी रहेका अझै कम हुन सक्छन् । 


१८ वर्षमाथिका ५६.९ प्रतिशत मानिसले भने खोपको पूरा डोज लगाएका छन् । अर्थात् १८ वर्षमाथिका १ करोड १३ लाख ३५ हजार ७ सय ११ जनाले पूरा डोज लगाएका छन् । मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हालसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिएको छ ।