close

तयार भो पढ्दै, कमाउँदै कार्यक्रमको कार्यविधि

तयार भो पढ्दै, कमाउँदै कार्यक्रमको कार्यविधि

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफैंले कमाएर अध्ययन गर्न पाउने गरी कार्यविधि तयार पारेको छ । स्वआर्जन गरी अध्ययन गर्न चाहने र गरिबीको कारणबाट आयआर्जन गरी पढ्नुपर्ने अवस्थाका विद्यार्थीलाई लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै, कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ तयार पारेको हो ।


कार्यविधिले स्वआर्जन गर्न चाहने र गरिब परिवारका विद्यार्थीमा उद्यमशीलता, स्वावलम्बन, प्राविधिक सीप तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ ।

 

कृषि (बाली विज्ञान–पशु विज्ञान–वागबानी), इन्जिनियरिङ (सिभिल–इलेक्ट्रिकल–कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी, वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यावसायिक कीट (मौरीपालन, च्याउ र रेसम खेती) लगायत क्षेत्रमा यो कार्यक्रम सञ्चालन गर्ने कार्यविधिमा उल्लेख छ ।

 

कार्यक्रम सञ्चालनका लागि छनोट भएका विद्यालयलाई सम्बन्धित स्थानीय तहमार्फत पेश गरेको प्रस्ताव र आवश्यकताका आधारमा ससर्त अनुदानको रूपमा रकम उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।


शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यावसायिक, सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने उद्देश्य कार्यविधिले राखेको मन्त्रालयले बताएको छ ।