close

रेडक्रसले पर्सालाई बाँड्यो पाँच हजार थान मास्क

रेडक्रसले पर्सालाई बाँड्यो पाँच हजार थान मास्क

Trulli
ADVERTISEMENT

पर्सा– नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले ५ हजार थान मास्क  सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति पर्साका संयोजक पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई सहयोगस्वरूप उक्त मास्क हस्तान्तरण गरिएको हो । 


नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेलसहितको टोली जिल्ला प्रशासन कार्यालयमा गएर जिल्ला विपद् व्यवस्थापन समिति पर्साका संयोजक प्रजिअ ढकाललाई सो मास्क हस्तान्तरण गरेको हो ।

 

कोभिडको नयाँ भेरियन्ट त्रास बढेसँगै नागरिकाई मास्कको उपलब्धता सहज होस् र लगाउने बानी विकास होस् भनी मास्क सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति कँडेलले बताए ।

 

कोरोनाको पहिलो अनि दोस्रो लहरको समय पनि पर्सा शाखाले जिल्ला सदरमुकाम वीरगञ्ज एंव जिल्लाका ग्रामीण क्षेत्रमा मास्क् वितरण गरेको थियो । अब ग्रामीण क्षेत्रमा पनि मास्क वितरण गरिने सभापति कँडेल बताए ।

 

मास्क हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका महामन्त्री शैलेन्द्र चौरसिया, कोषाध्यक्ष महन्थ यादवलगायत सहभागी थिए ।