close

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १८ सय नाघ्यो

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १८ सय नाघ्यो

Trulli
ADVERTISEMENT

कैलाली–सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या १८ सय नाघेको छ । स्वास्थ्य निर्देशनालय डोटीले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार प्रदेशमा संक्रिय संक्रमितको संख्या १८ सय २ पुगेको हो । केही दिनयता संक्रमितको संख्या दिनप्रतिदिन थपिने क्रम बढे पनि डिस्चार्ज हुनेको संख्या न्यून छ ।


संक्रिय संक्रमित हुनेमा सबैभन्दा बढी कैलालीका छन् । निर्देशनालका अनुसार कैलालीमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ सय ४८ र पिसिआरबाट गरिएको परीक्षणमा ३ सय १ कोरोना पुष्टि भएका गरी कुल ९ सय ४९ संक्रिय संक्रमित रहेका छन् । कैलालीमा शनिबार मात्रै २ सय ७ कोरोना संक्रमित थपिएका थिए ।


त्यस्तै, कञ्चनपुरमा संक्रिय संक्रमितको संख्या ७ सय १८, डोटीमा ३५, बैतडीमा ३२, बाजुरामा २०, डडेल्धुरा १३, दार्चुला १०, बझाङ र अछाममा ४/४ जना रहेका छन् । निर्देशनालयका अनुसार १७ जना प्रदेश बाहिरका कोरोना सक्रिय संक्रमित छन् । निर्देशनालयको तथ्यांकअनुसार सक्रिय संक्रमितमध्ये ३ सय जना मात्रै संस्थागत आइसोलेसन र अस्पतालमा छन् ।