close

मनकारी वडाध्यक्ष : सरकारी सेवा–सुविधाको रकमबाट एम्बुलेन्स खरिद

मनकारी वडाध्यक्ष : सरकारी सेवा–सुविधाको रकमबाट एम्बुलेन्स खरिद

Trulli
ADVERTISEMENT

कालीकोट–कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेश बमले ४ वर्षसम्म पाएको सरकारी सेवा–सुविधाको रकमले एम्बुलेन्स खरिद गरेका छन् ।

 

गाउँपालिकाका बिरामीलाई सेवा दिन आफ्नो सेवा–सुविधाको रकमबाट वडाध्यक्ष बमले एम्बुलेन्स खरिद गरेका हुन् । ०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो पाँच वर्षे कार्यकालमा सरकारले दिएको सेवा– सुविधाबापतको रकम जनतालाई नै फिर्ता गरेको बताए ।

 

‘मैले निर्वाचन जित्दा नै सरकारी सेवा–सुविधा जनताका लागि प्रयोग गर्ने योजना बनाएको थिएँ’, उनले भने, ‘पाएको सेवा– सुविधाको रकमबाट एम्बुलेन्स खरिद गरेर जनतालाई दिएको छु ।’

 

जनताको जनजीवनसँग जोडिएको मानव स्वास्थ्यलाई लक्षित गरेर सेवा दिने उद्देश्यले पाँच वर्षको पारिश्रमिकले एम्बुलेन्स खरिद गरेको अध्यक्ष बमले जानकारी दिए ।

 

‘अब उक्त एम्बुलेन्सले जिल्लाभरका बिरामीलाई आवश्यकताअनुसार सेवा दिनेछ’, उनले भने, ‘एम्बुलेन्सले एकल महिला, अति गरिब, वृद्धवृद्धालाई निःशुल्क सेवा दिने लक्ष्य राखेका छौँ ।’ आफ्नो सेवा–सुविधाबाट खरिद गरिएको एम्बुलेन्स कर्णाली सेवा समाजद्वारा सञ्चालन हुने अध्यक्ष बमले जानकारी दिए ।