close

कोरोनाले लपेटिँदै पत्रकार : हालसम्म संक्रमित हुनेको संख्या २३० 

कोरोनाले लपेटिँदै पत्रकार : हालसम्म संक्रमित हुनेको संख्या २३० 

Trulli
ADVERTISEMENT

काठमाडौं– कोरोना महामारीको तेस्रो लहरले समाचार लेख्ने कलमजीवीहरूलाई पनि संक्रमित बनाउँदै लगेको छ । नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीका अनुसार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, शिव गाउँले, महेन्द्र विष्टका साथै प्रतिष्ठान प्रदेशबाट निर्वाचित दुई केन्द्रीय सदस्यसहित प्रदेश समितिका पदाधिकारी, सदस्यका साथै एक दर्जन शाखाका अध्यक्ष संक्रमित भएका छन् ।

 

प्रतिष्ठान प्रदेश समितिअन्तर्गतका शाखा र सञ्चारगृहमा कार्यरत गरी अहिलेसम्म २३० जना संक्रमित भएको प्रारम्भिक जानकारी प्राप्त भएको अधिकारीले बताए । केही शाखा र सञ्चारगृहको विवरण आउने क्रम जारी छ । संक्रमितमध्ये केहीले स्वास्थ्यलाभ गरिरहेको उनले बताए । 

 

अधिकारीका अनुसार नेपाल टेलिभिजनका १६, ग्यालेक्सी टेलिभिजनका २२, नयाँ पत्रिकाका २०, हरेकपलका १७, कान्तिपुर र गोरखापत्रका १५/१५, थाहा रेडियोका १३, कान्तिपुर टेलिभिजनका ११, नेपाल लाइभ/स्वास्थ्यखबरका ८, नागरिक दैनिक/ नागरिकन्यूजका ७, न्यूजका २४, अनलाइनखबरका ६/६ जना पत्रकार संक्रमित भएका छन् ।

 

यस्तै, हिमाल खबर, एपीवान, उज्यालो रेडियो, रेडियो कान्तिपुर, रेडियो र्मिमिरे, बाह्रखरीका ५/५, हिमालय टाइम, एभिन्यूज, रातोपाटी, इमेज टेलिभिजनका ४/४, हिमालयन टेलिभिजन, स्वतन्त्र समाचार सेवा, राष्ट्रिय समाचार समिति, मकालुखबर, आयोमेल, उकेरा, नयाँ विकल्पका ३/३, रेडियो नेपाल, नेपाल समयका २/२, मेट्रो एफएम, पालिका खबर, देशसञ्चार १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।