close

पाल्पा प्रशासनमा अत्यावश्यकबाहेकका सेवा बन्द

पाल्पा प्रशासनमा अत्यावश्यकबाहेकका सेवा बन्द

Trulli
ADVERTISEMENT

पाल्पा–जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यकबाहेकका प्रशासनिक सेवा हाललाई स्थगन गरेको छ । कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो ।

 

प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आइतबारदेखि शान्ति–सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली संकलन र नागरिकता प्रमाणपत्रबाहेकको अन्य सबै सेवा स्थगन गरिएको छ ।

 

पछिल्लो समय जिल्लामा संक्रमण बढेको छ । सरकारी कार्यालयमा आवश्यकभन्दा सामान्य काममा भीडभाड बढेको छ । सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ । जिप्रकाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि १९ बुँदे आदेश जारी गरेको छ ।