close

वालिङमा डायलासिस सेन्टर 

वालिङमा डायलासिस सेन्टर 

Trulli
ADVERTISEMENT

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकामा मिर्गाैलाका बिरामीको उपचारका लागि डायलासिस सेन्टर सञ्चालनमा ल्याइएको छ । रोटरी क्लब अफ वालिङले वालिङ नगरपालिका र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा डायलासिस सेन्टर सञ्चालनमा ल्याइएको हो ।

 

डायलासिस सेन्टर सञ्चालनमा आएसँगै वालिङ तथा आसपासका पर्वत, गुल्मी, पाल्पाका केही भेगका मिर्गाैलाका बिरामीलाई सहज हुनेछ । सेन्टरमा आठओटा मेसिनबाट डायलासिस सेवा शुरू गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले बताए । उनका अनुसार डायलासिस गर्ने मेसिनको संख्या बढाएर ११ वटा पु¥याइनेछ ।