close

प्रतिष्ठानका ३० स्वास्थ्यकर्मीसहित ५२ जनामा कोरोना पुष्टि

प्रतिष्ठानका ३० स्वास्थ्यकर्मीसहित ५२ जनामा कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

जुम्ला–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीसहित ५२ जनालाई कोरोना संक्रमण देखिएको छ । ९० जनालाई एन्टिजेन परीक्षण गर्दा ३७ जनालाई र १७ जनालाई पिसिआर परीक्षण गर्दा १५ जनालाई कोरोना संक्रमण देखिएको हो । संक्रमणको तेस्रो लहरमा लक्षण देखिएका व्यक्तिको परीक्षण गरिँदा ३० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाले बताए । 

 

उनले भने, ‘प्रतिष्ठानमै उपचार गर्न आएका बिरामीलाई परीक्षण गर्दा २२ जनालाई संक्रमण देखिएको छ । शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा ४ जना उपचारत छन् । अन्य सबै होम आइसोलेनमा छन् ।’  जुम्लामा संक्रमण तथा रुघाखोकीसँग मिल्दाजुल्दा लक्ष्यण भएका बिरामी गाउँघरमा देखिए पनि कोरोना परीक्षण दायरा भने बढाइएको छैन । १ नगरपालिका र ७ पालिका रहेका छन् ।