close

हुम्ला अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द 

हुम्ला अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द 

Trulli
ADVERTISEMENT

जुम्ला– हुम्ला जिल्ला अस्पतालका ८ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ । जिल्ला अस्पताल हुम्लाले गत शुक्रबार एकै पटक गरेको परीक्षणमा अस्पताल हुम्लाका ८ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना जारी नभएसम्म अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको हो ।

 


स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमण जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचनामार्फत सम्पूर्ण सेवा बन्द गरेको सिनियर अनमी सरिता बोहराले बताइन् ।


जिल्ला स्वास्थ्य सुरक्षा समितिको बैठकको निर्णयअनुसार जिल्ला अस्पताल हुम्लामा आकस्मिकबाहेक अस्पतालबाट प्रदान हुने सबै प्रकारका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।