close

पोखरा महानगरमा अत्यावश्यकबाहेकका सेवा बन्द

पोखरा महानगरमा अत्यावश्यकबाहेकका सेवा बन्द

Trulli
ADVERTISEMENT

कास्की–कर्मचारीमा कोरोना संक्रमण देखिँदै गएपछि पोखरा महानगरले अत्यावश्यकबाहेकका सेवा १६ माघसम्म बन्द गरेको छ । महानगरले बुधबार सूचना जारी गरी सरसफाइ, स्वास्थ्यलगायत अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जानकारी दिएको हो ।


यसअघि नै जिल्ला प्रशासन कार्यालय कास्कीले कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यकबाहेकका सेवा अनिश्चित कालका लागि बन्द गरिसकेको छ ।कोरोना महामारीको तेस्रो लहरमा कास्की रेडजोनमा छ ।

 

मंगलबारसम्म कास्कीमा ३ हजार २५० सक्रिय संक्रमित छन् । यीमध्ये ८० प्रतिशतभन्दा बढी पोखरा महानगरका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका सक्रिय संक्रमितमध्ये १ सय ५५ जना स्वास्थ्यकर्मी छन् ।