काठमाडौं– पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन १५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएका छ ।
मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् ।