close

ललितपुर महानगरमा भेरोसिल खोप स्थगित

ललितपुर महानगरमा भेरोसिल खोप स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं–ललितपुर महानगरले १४, १६ । १७ माघमा ६० वर्षमाथिका व्यक्तिलाई लगाउने भनिएको बुस्टर डोज खोप कार्यक्रम परिवर्तन गरेको छ । महानगरले सूचना जारी गरी खोप कार्यक्रमलाई परिवर्तन गरिएको जानकारी दिएको हो । 


सरकारले उपलब्ध गराउने भनिएको भेरोसिल खोप उपलब्ध नभएकाले बुस्टर डोजका रूपमा भेरोसिल खोप लगाउने कार्यक्रम हाललाई स्थगन गरिएको महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।


महानगरले उल्लिखित मितिमा कोभिसिल्ड खोपको मात्रा लगाइने र त्यसका लागि उक्त खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षमाथिका व्यक्तिलाई सम्बन्धित वडामा सम्पर्क राख्न र बुस्टर डोज लगाउन पनि आग्रह गरेको छ ।