close

कर्मचारीलाई कोरोना संक्रमण पुष्टिपछि दैलेख प्रशासनको सेवा बन्द

कर्मचारीलाई कोरोना संक्रमण पुष्टिपछि दैलेख प्रशासनको सेवा बन्द

Trulli
ADVERTISEMENT

दैलेख–जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको नियमित कामकाज रोकिएको छ । कार्यालयमा कार्यरत ४ कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । 

 

कोरोना संक्रमण पुष्टि भएका कर्मचारी उपचाररत रहेको उनले बताए । उनका अनुसार प्रशासनमा कार्यरत अन्य कर्मचारीमा समेत कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षणका क्रममा रहेको, सेवाग्राहीको स्वास्थ्य सुरक्षा र संवेदनशीलतालाई दृष्टिगत गरी १७ देखि २१ माघसम्म सेवा प्रवाह बन्द गरिएको हो ।  कार्यालयका अनुसार मुद्दा, विपद् व्यवस्थापन र शान्ति–सुरक्षाका सेवा प्रवाह भने नियमित सञ्चालन हुनेछन् ।