close

खोप गायब बनाउनेलाई खोज्न छानबिन समिति

खोप गायब बनाउनेलाई खोज्न छानबिन समिति

Trulli
ADVERTISEMENT

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोपको तथ्यांक नभेटिएको विवरण खोज्न समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा रहेका छन् ।

 

छानबिन समितिले खोप अभिलेख विवरण अद्यावधिक गर्ने जिम्मेवारी पाएको डा. लोहनीले बताए । ‘स्वास्थ्यमन्त्रीले आइतबार समिति गठन गरी तथ्यांक घटबढ भएको खोपको छानबिन गर्न निर्देशन दिनुभएको छ,’ डा. लोहनीले भने, ‘समितिले दुई सातामा प्रतिवेदन तयार पार्नेछ ।’ केही साताअघि मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २४ लाख डोज खोप विवरण नआएको बताएका थिए ।