close

भरतपुरमा निर्माण हुँदै शिक्षक अस्पताल

भरतपुरमा निर्माण हुँदै शिक्षक अस्पताल

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारले शिक्षकका लागि छुट्टै अस्पताल बनाउने भएको छ । सरकारले चितवनको भरतपुरमा शिक्षक अस्पताल बनाउने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्मा शिक्षक अस्पताल भरतपुरमा बनाउने प्रस्ताव लगेका थिए ।

 


उक्त प्रस्तावमाथि सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो । शिक्षा मन्त्री पौडेलको सचिवालयले जनाएअनुसार शिक्षक अस्पताल भरतपुर महानगरपालिका वडा नम्बर १५ भगवानपुरमा बनाउने निर्णय भएको छ ।


शिक्षक अस्पताल भरतपुरमा बनाउन सोमबारको मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएको शिक्षा मन्त्री पौडेलको सचिवालयले बताएको छ । शिक्षक अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन समितिले केही दिनअघि शिक्षामन्त्री पौडेललाई भेटेर चितवनमा अस्पताल बनाउन उपयुक्त हुने सुझाव दिएको थियो ।


भरतपुर महानगर प्रमुख रेनु दाहालले पनि भरतपुरमा शिक्षक अस्पताल बनाउने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएको बताइन् । सरकारले शिक्षकका लागि बेग्लै अस्पताल बनाउने निर्णय गर्दा यसको आलोचना भएको थियो । कर्मचारीका लागि निजामति अस्पताल र शिक्षकका लागि शिक्षक अस्पताल बनाउँदै जाने तर सरकारी अस्पतालमा सेवा÷सुविधा थप गर्नेमा ध्यान नदिइएको भन्दै आलोचना हुने गरेको छ ।